काठमाडौ, २३ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १० जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या १०८८९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा पीसीआर र एन्टिजेन परिक्षण गर्दा १६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा २१६१ जना कोरोनाबाट विसेक भएका छन् ।
