काठमाडौ, २१ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २० जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस सहित ज्यान जानेको संख्या १०,८५८ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा १८९७ जनामा पुष्टि भएको छ ।
११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गर्दा सो पुष्टि भएको हो ।
यस्तै पछिल्लो चौविस घण्टामा कोरोनाबाट १७४३ जना विसेक भएका छन् ।
