काठमाण्डौं, १७ भदौ । नेपाल र भारतबीच आज भएको मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा सम्पन्न खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता अन्त्यसम्म कायम राख्न सकेन । दोस्रो हाफमा गुमायो ।

भारतले दोस्रो हाफको ६० मिनेटमा गोल गरेर खेल बराबरीमा लग्यो । अनुरुद थापाले गोल गरे ।त्यसपछि कुनै टोलीले पनि गोल गर्न सकेनन् ।

त्यो बेला भारतीय टीमका कप्तान सुनिल क्षेत्रीले नेपालको पोष्टमा सुन्दर प्रहार गरेका थिए । त्यो प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरेका त थिए तर, रिबाउन्डमा प्राप्त बललाई अनुरुद थापाले गोलमा सदुपयोग गरे र आजको खेल बराबरी भएको हो  ।

२५ हजार दर्शक क्षमता भएको रंगशालामा आज ५ हजार १ सयको हाराहारीमा दर्शकहरू उपस्थित खेलको मजा लिए ।

नेपाल र भारतबीच भएको यो दुइ पटके मैत्री खेल हो । यी दुइ टिमको अर्को खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर