काठमाडौ, १७ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १६ जनाको ज्यान गएको छ ।

यससहित ज्यान जानेको संख्या १०,७८६ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २००४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना संक्रमित पुष्टि भएको हो ।
सोही समयावधिमा कोरानाबाट १८४६ जना विसेक भएका छन् । अहिलेसम्म विसेक हुनेको संख्या ७ लाख २१ हजार १८२ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर