बैतडी, ५ फाल्गुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा एक विध्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
सनातन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई पक्राउ गरिएको छ ।
किशोरी भट्ट सोही विध्यालयमा कक्षा १२ मा अध्ययन गर्दथिन् । माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी किशोरी भट्टको बलात्कारपछि हत्या भएको र भोलिपल्ट उनको शव घरभन्दा तीन किलोमिटर टाढा लबलेक सामुदायिक वनमा भेटिएको थियो ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीका अनुसार अभियुक्तलाई केही दिनको निगरानीपछि पक्राउ गरिएको होे । अभियुक्त भट्ट भनिन्छ भागरथीको न्यायका लागि गरिएको विरोध प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए ।
प्रहरी अनुशन्धान अनुसार किशोरी भट्टको विद्यालयबाट एक्लै फर्किएको मौका छोपेर बलात्कारपछि हत्या गरिएको थियो ।
प्रहरीका अनुसार अभियुक्त भट्टले किशोरी भट्टको बलात्कारपछि हत्या गरेको साबिती बयान दिएकाले उनलाई सार्वजनिक गर्ने तयारी भइरहेको छ । सो हत्या पुरानो परिवारिक रिसिबी र बदलाको मनसायले गरेको कुरा अभियुक्त भट्टले भनेको भनि प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर