काठमाडौँ, ५ फाल्गुन । नेपाल आयल निगमले हिजो रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र बैतडीको डिलासैनी गाउँपालिकामा नेपाली कांग्रेसको सभामा नेताहरुमाथि भएको आक्रमणको विरोधमा नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले आज यहाँ विरोध प्रदर्शन गरेको छ ।
‘हामी अरु जान्दैनौं, मूल्य वृद्धि मान्दैनौं,’ ‘मूल्य वृद्धि खारेज गर’, ‘शान्ति सुरक्षा कायम गर,’ ‘बैतडीमा हाम्रा नेतामाथि आक्रमण गर्नेलाई कारबाही गर,’ लगायतका नारा विरोध प्रदर्शनमा लगाइएको थियो ।
पार्टीका नेताहरु एनपी साउँद, डिला संग्रौला र नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महर सहभागी बैतडीको सभामा नेकपा ओली समूहले आक्रमण गरेका थिए ।