काठमाडौँ, ४ फागुन । बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमणको कांग्रेसले निन्दा गरेको  छ ।काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्नु भएको छ ।

बैतडीको डिलासैनीमा काँग्रेसको कार्यक्रम भइरहेकोे समयमा मंगलबार अपरान्ह ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट पार्टीका केही साथीहरू घाइते हुनुभएको छ भने केही सवारी साधनमा तोडफोड समेत गरिएको छ । एक्कासि भएको आक्रमण पश्चात् पार्टीका तरुण साथीहरूले तत्कालै प्रतिवाद गरेको केहिबेरपछि कार्यक्रम सुचारू भएको  उहाले बताउनु भयो ।

सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ भन्दै प्रबक्ता शर्माले भन्नुभयो यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर