काठमाण्डौं, ११ भदौ । नेपाली काँग्रेसले आज शुक्रबार साँझसम्ममा केही जिल्लाको क्रियशील सदस्यको नामावली सार्वजनिक गरेको छ । हिजो ३८ बटा जिल्लाको नामावली सार्वजनिक गरिएको भन्दै आज थप १० जिल्ला गरेर कूल ४८ जिल्लाका सदस्यको नाम पार्टीको वेवसाइटमा प्रकाशित गरेको काँग्रेस केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले गराएको जानकारी अनुसार सदस्य सूची सार्वजनिक गरिएका जिल्लाहरूमा वडा अधिवेशन गराउने हेतु जिल्ला निर्वाचन अधिकृतहरू समेत खटाइएको छ ।
यसबारे काँग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले आज साँझ जारी गर्एनुभएक्को प्रेस विज्ञप्तिमा उल्लेख छ : १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका तपसील बमोजिम जिल्लाहरुका क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको छ । साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको छ ।
क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु यसप्रकार छन् : १. ताप्लेजुङ २. पाँचथर ३. इलाम ४. संखुवासभा ५. तेह्रथुम ६. खोटाङ ७. सोलुखुम्बु ८. ओखलढुंगा ९. उदयपुर १०. झापा ११. दोलखा १२. रामेछाप १३. सिन्धुली १४. भक्तपुर १५. गोरखा १६. लम्जुङ १७. तनहुँ १८. कास्की १९. मनाङ २०. मुस्ताङ २१. पर्वत २२. स्याङ्जा २३. म्याग्दी २४. नवलपुर (वर्दघाट सुस्तापूर्व) २५. नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) २६. रुपन्देही २७. पाल्पा २८. रुकुम (पूर्वी भाग) २९. रोल्पा ३०. रुकुम (पश्चिम भाग) ३१. जुम्ला ३२. मुगु ३३. हुम्ला ३४. बझाङ ३५. डोटी ३६. दार्चुला ३७. बैतडी ३८. कञ्चनपुर ३९ धनकुटा ४०. भोजपुर ४१. गुल्मी ४२. प्यूठान ४३. दाङ ४४. सल्यान ४५. कालिकोट ४६. जाजरकोट ४७. दैलेख ४८. अछाम ।
