काठमाडौ, ११ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २५ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या १०६६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप २०६५ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सोही समयावधिमा २३३७ जना कोरोनाबाट विसेक भएका छन् ।
मन्त्रालयका अनुसार सो समयावधिमा काठमाडौंमा मात्र ४५४, ललितपुरमा १६९ र भक्तपुरमा ९२ जनामा संक्रमण पुष्टि भएको छ ।
