काठमाडौ , १० भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २६ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या १०,६३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप २४३३ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सोही अवधिमा १९२९ जना कोरोनाबाट विसेक भएका छन् ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ जना रहेको छ ।
