काठमाडौ, ९ भदौ । केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ ।

नयाँ आउने कैदीबन्दीलाई भने अलग राखेर खोप लगाइने गरेको कारागारले जनाएको छ ।

तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन् ।

हाल सो जेलमा एक हजार ८२२, भद्र जेलमा एक हजार ३८ र महिला जेलमा ३५५ कैदीबन्दी छन् ।
उक्त जेलमा १६ नाबालकसमेत छन् ।

कोरोनाको पहिलो चरणमा केन्द्रीय कारागारमा कोरोना सङ्क्रमणका कारण आठ जनाको निधन भए पनि दोस्रो चरणको कोरोनाबाट कसैले पनि ज्यान नगुमाएको वताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर