कावुल, ८ भदौ । अफगानिस्तानका लागि उडेको विमान अपहरणमा परेको छ।
अफगानिस्तानमा फसेका आफ्ना नागरिकको उद्धारका लागि पठाएको विमान अपहरणमा परेको युक्रेनका उपविदेशमन्त्री यवगेनी यनिनलाई उद्धृत गर्दै जी न्युजले जनाएको छ।
हतियारधारी अज्ञात समूहले आइतबार विमान अपहरण गरी इरान पुर्याएको उपविदेशमन्त्री यनिनको दाबी छ। यस विषयमा उहाँले थप जानकारी नदिएको जी न्युजले जनाएको छ।एजेन्सी
