काठमाडौं, ४ भदौ ।पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २६ जनाको ज्यान गएको छ ।

योसहित ज्यान जानेको संख्या १०,४५५पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३०४२ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सोही समयावधिमा २२४४ जना संक्रमित विसेक भएका छन् ।यससहित विसेक हुनेको संख्या ६ लाख ९३ हजार ५४३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म सकृय संक्रमित संख्या ४०,३०९ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर