चिन, ४ भदौ । परम्परागत बौद्ध धर्म र संकृति मान्दै आएका तिब्बतका नागरिकलाई चिनियाँ भाषा बोल्न र लेख्न चीनका राष्ट्रपति सी जिङपिङले निर्देशन दिनुभएको छ ।
हिमाली राज्य तिब्बतमाथि चीनले कब्जा जमाएको ७० वर्ष पूरा भएको अवसरमा राष्ट्रपति सीले उक्त निर्देशन दिनुभएको हो ।

चीनले तिब्बतमा विदेशी पर्यटकहरु आवतजावतलाई पनि सिमित पारेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार चीन सरकारले तिब्बतका बालबालिकाहरुलाई सैन्य शिक्षा प्राप्त गर्न जोड गरिरहेको छ ।

सैन्य शिक्षामार्फत तिब्बतका बालबालिकाहरुलाई कम्प्युनिस्ट विचारधारा अपनाउन बाध्य पार्ने नीति चिनियाँ राष्ट्रपतिको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर