काठमाण्डौं, ३० साउन । सत्तारुढ पार्टी नेपाली काङ्ग्रेसको महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । यो जानकारी केन्द्रीय सदस्य मीन विश्वकर्माले दिनुभएको हो ।

उहाँका अनुसार, आज शनिबार बसेको केन्द्रीय समितिको बैठकले २०७८ सालको मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने नयाँ निर्णय गरेको छ ।

काँग्रेसको महाधिवेशन भदौ १६ देखि हुने पूर्व निर्धारित समय थियो । सो समयमा महाधिवेशन हुन नसक्ने भएपछि नयाँ मिति र कार्यतालिका निर्धारण गर्न यही साउन २८ गतेदेखि केन्द्रिय समितिको बैठक चलिरहेको थियो ।

केन्द्रीय समिति बैठकको आजको निर्णय अनुसार, नयाँ कार्यतालिका वमोजिम अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने काँग्रेसको कार्यतालिका छ ।

त्यसैगरी वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर