काठमाण्डौ , ३ फागुन ।नेपाली कांग्रेसले आज देशभरका ७७ रै जिल्लामा एकसाथ ओली सरकारले गरेको प्रतिनिधि सभा बिघटन गैर संबैधानिक र अप्रजातान्त्रीकभन्दै बिरोध सभाको आयोजना गर्यो ।

जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो भने किन चाहियो कानून भन्दै सभापति देउवाले कम्युनिष्टको झगडाले कांग्रेसमा समस्या शुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यिनको झगडाले हाम्रो पार्टीमा समेत समस्या आइरहेको छ ।   सभालाई सम्बोधन गर्दै देउवाले कुर्सीका लागि अहिले ओली र प्रचण्डबीच झगडा भइरहेको बताउनुभयो।

उहाँले निर्वाचन आयोगको काम प्रभावकारी नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोग किन चुपचाप छ । कुनै पनि संसद्को विघटन भएको छ महिनाभित्र चुनाव गराउनैपर्छ तर निर्वाचन आयोगलाई वास्ता छैन ।

निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन ? चुनाव नगराउने हो भने भन्नुपर्यो चुनाव गराउँदिन भनेर । चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन । कुनै पनि संसदको विघटन भएको छ, महिनाभित्र चुनाव गरिसक्नुपर्छ ।’

पूर्वमन्त्री भरतकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुसको लागि तयारी मान्छे तयार गरेर प्रर्दशन गराइरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “बुटवल, दरबारमार्ग र धनगढीमा रेडिमेड मान्छे जम्मा गरियो ।” सभामा कांग्रेस नेता बालकृष्ण खाँणले यो संविधानबाट कसैले पनि लोकतन्त्र, प्रजातन्त्रलाई रोक्न सक्दैन भन्नुभयो ।

कांग्रेसले एक्लै सडक सङ्घर्ष गर्ने

विराटनगर– कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एक्लै सडक सङ्घर्ष गर्ने बताउनुभएको छ । कांग्रेस जिल्ला कार्य समिति मोरङद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीको पछिल्लो कदमको विषयमा सर्वोच्च अदालतमा पनि बहस भइरहेकाले सर्वोच्च अदालतले संविधानको मर्म एवं भावनानुसार फैसला सुनाउने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य अमृत अर्यालले संविधानका वैधानिक संरचना संरक्षण गर्न सरकार चुकेको छ भन्दै कांग्रेस आफ्नै बलमा सङ्घर्ष गर्न सक्षम रहेको बताउनुभयो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य पवन सारडा, कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू र पार्टीका उपसभापति शिवनारायण गनगाई र बुद्धिजीवी इन्दिरा प्रसार्इंले सरकारले संविधानको भावनानुसार काम नगरेको आरोप लगाउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय