काठमाडौं, २९ साउन । सरकारले १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि लक्षित गरी खरिद गरिएको मोर्डनाको ४० लाख डोज खोप मार्च २०२२ सम्म नेपाल आइपुग्ने छ ।

विश्व बैंकको वित्तिय सहयोगमा कोभ्याक्ससँग लागत साझेदारीमार्फत खरिद गरिएको उक्त खोपका लागि
‘गाभी’सँग सम्झौता भएको थियो ।
‘गाभी खोप सम्बन्धित विश्वव्यापी सञ्जाल रहेको छ ।
नेपाल कोभ्याक्ससँग लागत साझेदारी विकल्प उपयोग गर्ने दक्षिण एसियाकै पहिलो बनेको छ ।

नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यो सहयोग समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश भएको बताउनुभएको छ ।

क्त कार्यका लागि विश्व बैंकले १०४ मिलियन डलर उपलब्ध गराएको छ, जसमध्ये ६७.५ मिलियन खोेप खरिद र विस्तारमा खर्च हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर