कपिलवस्तु, २९ साउन । रेडपाण्डाको अवैध कारोवार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वाणगंगा नगरपालिका ४ सिद्धीपुरस्थित बराल होटलबाट पक्राउ परेका तिनीहरुबाट रेड पाण्डाको छाला, पुच्छर समेत वरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा झापा शनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेका छन् ।
उनीहरुलाई राष्ट्र्ीय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत कारवाही गरिने डिभिजन वन कार्यालयले जनाएको छ ।
