काठमाडौं, ३ फाल्गुन । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमण(कोभिड१९)बाट एक जनाको मृत्यु भएको छ ।
यससहित अहिलेसम्म कोभिड१९बाट मृत्यु हुनेको संख्या २ हजार ५५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा ३५४१ जनाको आरटी पीसीआर परीक्षण गर्दा १२२ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा १४४ जना सङ्क्रमित विसेक भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले सकृय संक्रमित सँख्या १५८१ जना रहेको छ ।