दाङ,३ फाल्गुन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संसद पुनः स्थापना भए मात्रै संविधानको अस्तित्व जोगिने वताउनु भएको छ ।
महामन्त्री डा. कोइरालाले सो कुरा आज संसद विघटनको विरोधमा नेपाली कांग्रेस दाङव्दारा घोराहीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै बताउनुभएको हो ।
उहाँले विरोधसभामा संसद पुनःस्थापना नै नेपाली कांग्रेसको प्रमुख एजेण्डा रहेको बताउँदै संसद पुनःस्थापनाको आन्दोलनमा कसैसंग पनि सहकार्य नगरी कांग्रेस एकल रुपमा जाने स्पष्ट पानुर््भयो ।

उहाँले चुनाव प्रधानमन्त्री केपी शर्मा ओलीको पद लम्ब्याउने कुटिल चाल भएको भन्दै आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनै नसक्ने बताउनुभएको छ ।
विचार र सिद्धान्तका आधारमा अन्य पार्टी भन्दा कांग्रेस उच्च रहेको भन्दै कांग्रेसले जनहितका सवालमा सहि निर्णय गरेर अघि बढ्छ,भन्नुभयो ।
मुलुकको समृध्दिका लागि वर्तमान सरकारबाट आश गर्नु निरर्थक भएको भन्दै मुलुकको हितका सवालमा कांग्रेसमात्र सक्षम पार्टी हो भन्नुभयो ।

विरोधसभामा पार्टीका केन्द्रीय सदस्य दिपक गिरीले कम्युनिष्टहरुले समृद्ध नेपालको झूठो नारा दिएर मुलुकलाई भ्रष्टाचारको अखाडा वनाएको आरोप लगाउनुभयो ।
अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले प्रधानमन्त्री ओली मुलुकमा भएका विभिन्न अपराधका संरक्षक बनेको आरोप लगाउँदै उनलाई जनताले कारवाही गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर