काठमाडौं, २५ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणले २२ जनाको ज्यान लिएको छ ।

यससहित ज्यान जानेको संख्या १०११५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा थप ३६५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससहित संक्रमितको कुल संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ ।

यस्तै पछिल्लो चौविस घण्टामा संक्रमणबाट १७८४ जना विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ६ लाख ७१ हजार ८३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर