काठमाडौँ,२३ साउन । कोभ्याक्स परियोजनामार्फत जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेकाको ३ लाखभन्दा बढी डोज खोप आज विहान यहाँ आइपुगेको छ ।

उक्त खोप कतार एयरवेजको विमानबाट आएको हो । बाँकी करिब ५ लाख डोज भोलि आइपुग्ने बताइएको छ ।

जापान सरकारले सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये सो प्राप्त भएको हो । बाँकी ८ लाख खोप भने कहिले आउँछ केही भनिएको छैन ।

कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाकै खोप दिने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर