काठमाडौ, २१ साउन । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट ३७ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या ९९९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सो समयावधिमा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ३९३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससहित संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले कोरोनाबाट विसेक हुनेको संख्या २०१२ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेको छ ।
