काठमाडौ, १९ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणले २४ जनाको ज्यान लिएको छ ।
यससहित ज्यान जानेको संख्या ९९२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौीवस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३३८३ जनामा संक्रमण पुष्टि भएको छ ।
यससहित संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ ।

यसैगरी सोही समयावधिमा संक्रमणबाट १९९४ जना विसेक भएका छन् भने कुल विसेक हुनेको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा संक्रमित संख्या ९०४ जना रहेका छन् । जसमध्ये काठमाडौंमा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर