काठमाडौं, १८ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणले २३ जनाको ज्यान लिएको छ ।
यससहित ज्यान जानेको संख्या ९८९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्तालय अनुसार पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३१२५ कोरोना संक्रमित पुष्टि भएको छ ।
उक्त संख्या १० हजार ६१३ पीसीआर र ३ हजार १९८ जनाको एन्टीजेन परीक्षण गर्दा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससहित कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ ।
अहिले ३१ हजार ६२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा १९२५ जना संक्रमित विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर