काठमाण्डौ, १७ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १८ जनाले ज्यान गुमाएका छन् ।
यससहित ज्यान गुमाउनेको संख्या ९८७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा थप २५६८ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणबाट १९८१ जना र ४२३४ एन्टिजेन परीक्षणबाट ५८७ जना गरी थप २५६८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससहित कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।
यसैगरी सो समयावधिमा २०२० जना कोरोनाबाट विसेक भएको मन्त्रालयले जनाएको छ भने अहिलेसम्म ६ लाख ५६ हजार १९७ जना विसेक भइसकेका छन् ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर