काठमाडौँ, १६ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २३ जनाले ज्यानगुमाएका छन् ।
यससहित ज्यान गुमाउनेको संख्या ९८५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पिसिआर र एन्टीैजेन परिक्षण गर्दा ३१०६ जनामा संक्रमण पुष्टि भएको छ ।
सोही समयावधिमा कोरोनाबाट १९१६ जना विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ ।
