काठमाडौं, १४ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १६ जनाको ज्यान गएको छ ।
यससहित अहिलेसम्म ९८०७ जनाको ज्यान गइसकेको छ ।
सोही समयावधिमा पीसीआर र एन्टिजेन परिक्षणबाट थप ३३६५ जनामा संक्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससहित संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी चौविस घण्टामा १३७३ जना कोरोनाबाट विसेक भएका छन् भने यससहित विसेक हुनेको संख्या ६ लाख ५० हजार ४४५ जना रहेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेको छ ।
