काठमाडौं, १३ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ३३ जनाको ज्यान गएको छ ।
यससहित अहिलेसम्म ज्यान गुमाउनको संख्या ९ हजार ७ सय ९१ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको पिसिआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षण गर्दा १,२०६ जना संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा १९९३ जना कोरोनाबाट विसेक भएका छन् ।
यससहित अहिलेसम्म विसेक हुनेहरुको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित फेला परेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर