काठमाडौँ, १२ साउन । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट २० जनाको ज्यानगएको छ ।
योसँगै कोरोनाबाट ज्यानजानेको संख्या ९७५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षणगर्दा ३८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको मन्त्रालयले जनाएको छ ।
योसँगै संक्रमितको संख्या ६ लाख ८५ हजार ६७३ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा थप १७७८ जना कोरोनाबाट विसेक भएका छन् । योसँगै विसेक हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।
