काठमाडौं, ११ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट
२५ जनाको ज्यान गएको छ ।
योसँगै अहिलेसम्म ९७३८ जनाको ज्यान गइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा पिसिआर र एन्टिजेन परीक्षण गर्दा थप ३४२१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा १६८६ जना संक्रमित विसेक भएका छन ।
योसँगै ६ लाख ४५ हजार ३०१ जना विसेक भइसकेका छन् ।
