काठमाडौं, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गुर्नभएको छ ।
सो कुरा राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवामा नै रहने जनाइएको छ ।
