काठमाडौ, ९ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट
थप १६ जनाको ज्यान गुमाएका छन् ।
यससहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा पीसीआर र एन्टीजेन परिक्षण गर्दा थप ३११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो चौविसै घण्टामा थप २१९७ जना कोरोनाबाट विसेक भएका छन् । यससँगै ७ लाख ४१ हजार ५६५ जना विसेक भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर