काठमाडौं, ८ साउन । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट १८ जनाको ज्यान गएको छ ।
योसँगै ज्यान जानेको संख्या ९६७९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो चौविस घण्टामा पिसिआर र एन्टिजेन परिक्षण गर्दा २९७७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको मन्त्रालयले जनाएको छ।

सोही समयावधिमा १६७८ जना कोरोना सङ्क्रमित विसेक भएका छन् ।
यो सँगै विसेक हुनेको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर