काठमाडौं, ६ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ३० जनाको ज्यान गएको छ ।
यससँगै ज्यान जानेको संख्या ९६३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप २८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा १४७५ जना संक्रमित विसेक भएको मन्त्रालयले जनाएको छ ।
