काठमाडौँ, ४ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ३२ जनाको ज्यान गएको छ ।
यससँगै कोरोनाबाट ज्यान जानेको संख्या ९५८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २४४५ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमण हुनेको संख्या ६ लाख ६८ हजार ७५१ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा कोरोनाबाट थप १२५८ जना विसेक भएका छन् । यससँगै अहिलेसम्म विसेक हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको मन्त्रालयले जनाएको छ ।
