काठमाडौं, २ साउन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला निवासमा आज कोइराला परिवारका तीनजना नेताहरुको दिवाभोज वैठक भएको छ ।

पार्टीका केन्द्रीय सदस्यव्दय डा.शेखर कोइराला र सुजाता कोइराला रहनुभएको सो वैठकले आसन्न महाधिवेशनको तयारीमा रहेको संदर्भमा विशेष महत्व राख्दछ ।
वैठकमा उहाँहरु वीच समसामयिक राजनीतिक, पार्टीको वर्तमान गिर्दो अवस्था र भावी नेतृत्वका सम्वन्धमा छलफल भएको थियो ।

समय समयमा परिवार वीच चियापान र यस्तो खानपिन गर्ने कोइराला संस्कार रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर