काठमाडौँ, ३० असार । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै काठमाडौं उपत्यकामा ४२५ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ रहेका छन् ।
