काठमाडौं, ३० असार । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर हुनुभएको छ ।
ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दाका विषयमा वयान दिन अदालतमा हाजिर हुनुभएको हो ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा उहाँ सहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। उहाँलाई अदालतले उपस्थित हुन पटक–पटक आदेश दिएको थियो।
उहाँलाई तत्कालीन भौतिक निर्माणमन्त्रीका हैसियतमा मुद्दा चलाइएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
