काठमाडौँ, २८ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १८ जनाले ज्यान गुमाएका छन् ।
यससहित ज्यान गुमाउनेको संख्या ९४०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी चौविस घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा २३७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससहित संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।
अहिले संक्रमणबाट विसेक हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ ।
यससहित विसेक हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।
