काठमाडौँ, २८ असार । अमेरिकीले उपहारस्वरूप उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप आज विहान यहाँ आइपुगेको छ ।
अमेरिकी सरकारको कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराइएको उक्त खोप जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको हो ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्यान्डी बेरीले उक्त खोप अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहार स्वरुप प्रदान गरिएको वताउनुभएको छ ।
राजदूत बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई उक्त खोप हस्तान्तरण गर्नुभएको छ ।
