जनकपुरधाम  ३० माघ  ।  यही फागुन २ गतेदेखि ४ गतेसम्म जनकपुरधाममा महिला हस्तकला मेला हुनेभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा स्थानीय गोपाल धर्मशालामा हुने सो मेला÷ प्रदर्शनीमा हस्तकला उद्यमीबाट उत्पादित हस्तकलाका सामानको प्रदर्शनी तथा बिक्री गरिने छ ।

महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष सनम शाक्यले सो जानकारी दिनुहुँदै मेलाबाट स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धन गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा हस्तकला वस्तुको निकासी प्रवद्र्धन गर्न सघाउ पु¥याउनेछ भन्नुभयो । प्रदेश– २ मा हस्तकला वस्तुलगायत स्थानीय उद्योगबाट उत्पादित सामानको बजार प्रवद्र्धन, स्थानीय कला तथा संस्कृतिको प्रचारप्रसार, नवोदित उद्यमीलाई वस्तु उत्पादनको बजारीकरण र उत्प्रेरणा, गरिब तथा विपन्न वर्गका महिला उद्यमी र तिनका परिवारलाई लघु, घरेलु हस्तकला उद्योगप्रति आकर्षण, स्थानीय उत्पादक, उपभोक्ता र क्रेतालाई एकै छाता मुनी भेला गराइ स्थानीय हस्तकलाको बजार प्रवद्र्धन, उद्यमी व्यवसायीको सम्पर्क र सम्बन्ध विकास गर्नु मेलाको उद्देश्य रहेको छ ।

मेलामा हस्तकला उद्यमी, व्यवसायीद्वारा उत्पादित स्थानीयस्तरका विभिन्न वस्तु, मिथिला कला, माटाका भाँडा, लाहाका गरगहना, प्राकृतिक रेसाका वस्तु, चाँदीका गरगहना, पश्मिना ऊनी तथा सुतीजन्य वस्तु, काष्ठकला र हाते कागजजन्य वस्तु प्रदर्शनमा राखिने जनाइएको छ । संयोजक सविता सिंहले करिब ५० देखि ७० वटा कक्ष रहने मेलामा २५ हजार आगन्तुक आउने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर