काठमाडौं, ३० माघ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमण (कोभिड १९)बाट २ जनाको मृत्यु भएको छ ।
कोभिड १९ बाट मृत्यु हुनेको यस संख्या सँगै कुल सँख्या २ हजार ५४ पुगेको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा १२७ जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समयमा कोभिड १९का १३६ जना सङ्क्रमित विसेक भएका छन् ।