काठमाण्डौ, २५ असार । वीपी कोइराला स्वास्थ बिज्ञान  प्रतिष्ठानमा संवादबाटै छिटो समस्याको समाधान खोज्न नेपाली कांग्रेसले माग गर्दै आज विज्ञप्ति निकालेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा कुलपतिसमेतरहनुभएका प्रधानमन्त्री ओलीले समस्यालाई गम्भीरतापूर्वक नलिएको आरोप छ।

वीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारि राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले बिषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा नेपाली कांग्रेस सार्वजनिक रुपले दुःख व्यक्त गर्दै गम्भीर चिन्ता प्रकट गर्दछ शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ।

उहाले बिग्यप्तिमा भन्नुभएको छ प्रधानमन्त्रीको जिम्मेवारी भित्र अनेकौं बिषय पर्दछन् र छन् भन्ने तथ्यमा कसैको दुइमत छैन । तर त्यो भनिरहँदा प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शुन्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैर जिम्मेवारी हो । कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्दछ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद छ ।

प्रतिष्ठान भित्र अनेकन बेथिति र अराजकता रहेकोे विवरण पटक–पटक सार्वजनिक भएका छन् । ढाकछोप होइन त्यसको आवश्यक उपचार जरुरी छ । प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पु¥याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न । अतः आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र  विद्यार्थीहरुसँग सार्थक संवाद मार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न नेपाली कांग्रेस कुलपति प्रधानमन्त्रीसँग माग गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर