काठमाडौं, ३० माघ । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ को आयोजनामा आज काठमाडौंमा महिला मार्च गरिएको छ ।
देशका विभिन्न स्थानमा महिलामाथि भएको हिंसा एवं प्रतिगमनको विरुद्धमा भएको सो मार्च काठमाडौंको बसन्तपुरबाट प्रारम्भ भएर रत्नपार्क हुँदै सिंहदरबारतर्फ आई सभामा परिणत भएको थियो ।
मार्चमा सरकार महिला हिंसा बलात्कार र हत्याका घटनाहरू रोक्न असक्षम भएको आरोप लगाइएको थियो ।
मार्चमा कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई बलात्कार पछि हत्या गरिएको विरोध गर्दै हत्यारालाई कारवाहीको माग गरिएको थियो ।
मार्चमा प्रतिगमनको विरोधमा प्रतिकात्मक रूपमा एकोहोरो शंख बजाउँदै शवयात्रा पनि गरिएको थियो । जसमा सेतो धोती लगाएका केही युवाहरूले टाउकोमा सेतो कपडा बेरेरका थिए ।