काठमाडौं, २३ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २८ जनाले ज्यान गुमाएका छन् ।
यससहित ज्यान गुमाउनेहरुमा ९२९१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा थप १३३३ जना संक्रमित विसेक भएका छन् भने यससहित विसेक हुनेको संख्या ६ लाख १४ हजार ३२७ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन् ।
जसमध्ये काठमाडौंमा ३९०, ललितपुरमा८६ र भक्तपुरमा ६७ जना छन् ।
