काठमाण्डौ, २३ असार । स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै इटाली युरो कप २०२० को फाइनलमा स्थान पक्का गरेको  छ।  इंग्ल्याण्डमा भर्खरै सम्पन्न  भएको सेमिफाइनलमा खेलमा इटाली टाइब्रेकरमा ४-२ गोलले विजयी भएको हो । यो जितसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेल पुगेको छ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । इटालीले हालसम्म विश्वकपमा ४ पटक उपाधि जितेको छ भने युरोमा एक उपाधिमा नै सिमित छ ।

टाइब्रेकरमा स्पेनका ड्यानी ओल्मो र अल्भारो मोराटाले गोल गर्न  सकेनन भने इटालीका मानुयल लोकातेलीको प्रहार स्पेनका गोलरक्षकले रोके  ।  निर्धारित ९० मिनेटको खेलमा ६० औँ मिनेटमा इटालीका स्ट्राइकर चिएसाले र स्पेनका अल्भारो मोराटाले ८० औँ मिनेटमा गोल गरेका थिए ।

इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर