पोखरा, २१ असार । ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको आज निधन भएको छ । कोरोना सङ्क्रमणका कारण काठमाडौँमा उपचार गराइरहनुभएका उहाँमा कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन ।

२०३६ सालको प्यारामेडिकल आन्दोलनबाट नेपालको ट्रेड युनियन आन्दोलन र प्रजातान्त्रीक आन्दोलनमा होमिएका कुँवर ट्रेड युनियन कांग्रेसको संस्थापक केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । पोखराको   राजनीतिक परिवारमा जन्मिनुभएका रामजी कुँवर पार्टीमा कास्की क्षेत्र नं. ३ सभापति हुँदै पार्टीका आमन्त्रित केन्द्रीय सदस्यसम्म हुनुभयो ।

कुँवरको ६८ वर्षको उमेरमा उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कुवँर यसअघिको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका प्रत्यासी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर