काठमाडौँ, २१असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २३ जनाले ज्यान गुमाएका छन् ।
यससहित ज्यान गुमाउनेको संख्या ९२४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप २६२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
चौविस घण्टामा २२११ जना कोरोनाबाट विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ ।
