भक्तपुर, २१ असार । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार चमेली वनमा नामथर वतन नखुलेका एकजना पुरुष मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
अन्दाजी ४०।४२ बर्षको जस्तो देखिने मृतक युवकले हरियो ज्याकेट, सुन्तला रंगको हापप्यान्ट र कालो जुत्ता लगाएको, बायाँ हातमा मेडिकलको ब्यान्डेज बाँधेको, घाँटीमा टेलिफोनको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा रहेको साथै हागो भाँच्चिएर भुईमा झरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
लाश पोष्टमार्टमका लागी के.एम.सी. अस्पताल दुवाकोट भक्तपुर पठाइएको जनाइएको छ ।
मृतकको आफन्तजनहरु हालसम्म पनि सम्पर्कमा नआएकाले कोही कसैले चिनेमा मोवाइल नं. ९८५१२८३०२०, फोन नं. ०१–६६१४७०८ मा जानकारी दिन प्रहरीले अनुरोध गरेको छ।
